अमेरिकामा हार्‍यो नेपाली क्रिकेट टिम

नेपालका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट भएर १९० रन जोडेको थियो।

नेपालभ्युज

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिकामा रहेका पूर्व खेलाडीहरुको टिमसँग पराजित भएको छ। नेपाल पूर्व खेलाडीहरुको टोली नेपाली अल स्टार्ससँग पराजित भएको हो।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको हो। गएराति पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो।

अल स्टार्सले नेपालले दिएको १९१ रनको लक्ष्य ३३ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। उसका लागि विपुल शर्माले ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै एन्ड्रिज गौसले ४५ रन जोड्दा गौरभ बजाजले अविजित ४० रन बनाए।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट भएर १९० रन जोडेको थियो।

नेपालका लागि आरिफ शेखले अविजित रहँदै ६० रनको अर्धशतकीय इनिङ खेले। यस्तै, विनोद भण्डारीले २६ रन जोड्दा करण केसीले २१ रन बनाए।

अल स्टार्सका मार्टिन कैनले ३ विकेट लिए। मोहम्मद इलायस र आदिल भाटीले २÷२ विकेट लिए। अब नेपालले दोस्रो अभ्यास खेलमा शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved