राप्रपाको माग : राजा अभिभावक, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

नेपालभ्युज

राप्रपाको माग : राजा अभिभावक, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा अभिभावकीय राजसंस्थासहित पत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने मुद्दा अघि सारेको छ।

धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीयस्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको बताए।

उनले भने, “पूर्ण समानुपातिक संसद्, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने, तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी निर्वाचनमा यो विषयलाई राप्रपाले जोडदार रूपमा उठाउनेछ।

बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अध्यक्ष लिङ्देनको प्रस्तावलाई आगामी केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन गरी औपचारिक रूपमा अघि बढाइने बताइएको छ।

बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन्। स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने, तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी निर्वाचनमा यो विषयलाई राप्रपाले जोडदार रूपमा उठाउनेछ। यसलाई आगामी केन्द्रिय कार्य समितिको बैठकबाट अनुमोदन गरि औपचारिक रुपमा अघि बढाइनेछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved