नेपालगञ्जमा सेतु विकको शालिक पनि तोडफोड

सोहीक्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकको शालिक पनि तोडफोड भएको हो।

नेपालभ्युज

नेपालगञ्जमा सेतु विकको शालिक पनि तोडफोड

बाँके। बाँकेको नेपालगञ्जस्थित सेतु विक चोकमा राखिएको सेतु विकको शालिक तोडफोड भएको छ।

धम्बोजी (वीरेन्द्र चोक) मा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही व्यक्तिले राजा वीरेन्द्रको शालिक राख्न खोजेपछि तनाव उत्पन्न भएको थियो।

सोहीक्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकको शालिक पनि तोडफोड भएको हो।

दोस्रो जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट नै चोकको नाम रहेकाले सो स्थानमा सेतु विकको शालिक राखिएको थियो।

आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरूले वीरेन्द्रको शालिक पुनःस्थापना गर्दैगर्दा प्रहरीले हस्तक्षेप गरेपछि धम्बोजी चोकमा तनाव सिर्जना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved