संखुवासभामा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ।

नेपालभ्युज

किमाथाङ्का। सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराेले पुरिएर दुई जनाको मृत्यु भएको छ।

चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराेले पुरिएर सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगरकाे मृत्यु भएको हाे।

आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराेले पुरिएर उनीहरुकाे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved