नवनिर्वाचित वडासदस्य राजेश बिराजी रिहा

नेपालभ्युज

नवनिर्वाचित वडासदस्य राजेश बिराजी रिहा

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेका नवनिर्वाचित वडासदस्य राजेश बिराजी रिहा भएका छन्।

शहीदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचित बिराजी ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा थिए।

कार्यापालिका सदस्य छनोट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको थियो। अनुसन्धान गरेर साधारण तारेखमा रिहा गरेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved