काठमाडौं महानगरको नगर कार्यपालिकाको बैठक (लाइभ)

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक शुरु भएको छ।

नेपालभ्युज

3132224363760172

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठक शुरु भएको छ।

स्थानीय निर्वाचनपछि पहिलो पटक काठमाडौं महानगरको नगर कार्यापालिकाको बैठक सोमबार चार बजे बसेको हो। बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ।

महानगरमा निर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ ले पदभार ग्रहणपछि कार्यापालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका थिए। महानगरकाे सुन्धारास्थित कार्यालय पुगेर पदभार ग्रहण गरेलगत्तै मेयर शाहले बैठक लाइभ गर्ने निर्णय गरेका हुन्।

मेयर शाहले नेपाली र नेवारी (नेपाल) भाषामा शपथ ग्रहण गरे। बालेनले शपथ लिएपछि उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका थिए। सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved