दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको जहाज

हराइरहेको ताराको ट्विनअटर जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जहाज ल्याङकुखोलामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

नेपालभ्युज

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको जहाज

काठमाडौं। ताराको हराइरहेको ट्विनअटर जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जहाज मुस्ताङको ल्याङकुखोलामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेका नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए। नेपाली सेनाको एम आई–१७ हेलिकोप्टर अहिले त्यसतर्फ गइरहेको छ। जहाज अग्लो ढुङ्गाको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। ठोक्किए लगतै जहाजमा आगो लागेको र सबै जनाको मृत्यु भएको अनुमान छ। दुर्घटना स्थलमा जहाजको कल साइन भएको जहाज जलेको र यात्रुका शवहरू जलेको टुक्रा टुक्रा देखिएको जनाइएको छ।

यसबारेमा थप विवरण आउन बाँकी छ।
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर खोज्न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली परिचालित भएका थिए ।

ताराको हराएको जहाज मुस्ताङको घासा क्षेत्रमा दुर्घटनाको आशंका, खोजी हुँदै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved