टिप्पर दुर्घटनामा ज्यान गुमाउने चारैजनाको पहिचान खुल्यो

प्रहरीका अनुसार साँघुरो सडक र अधिक भारका कारण टिप्पर दुर्घटना भएको हो। मृतक सबै मध्यनेपालस्थित मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुर हुन्।

नेपालभ्युज

लमजुङ। लमजुङमा टिप्पर दुर्घटनामा ज्यान गुमाउने चारैजनाको पहिचान खुलेको छ। हिजो भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भएको हो।

मध्यपहाडी लोकमार्गअन्तर्गत अमजुङको मध्यनेपाल नगरपालिका ७ सोतीखोला नजिकै हिजो दिउँसो बा ४ ख ७७८१ नम्बरको टिप्पर दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

दुर्घटनामा परेर मृत्यु हुनेमा धादिङ, गजुरीका टिपर चालक २७ वर्षीय आकाश घिमिरे, गोरखा नगरपालिका–१२ का २४ वर्षीय रवीन्द्र सेडाइँ, तनहुँ व्यास नगरपालिका–७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान कमाख गाउँपालिकाका २२ वर्षीय पारस शाह रहेका छन्।

प्रहरीका अनुसार साँघुरो सडक र अधिक भारका कारण टिप्पर दुर्घटना भएको हो। मृतक सबै मध्यनेपालस्थित मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुर हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved