संक्रमणकालीन न्यायका लागि एक अर्ब ४० करोड विनियोजन

नेपालभ्युज

संक्रमणकालीन न्यायका लागि एक अर्ब ४० करोड विनियोजन
फाइल तस्वीर

काठमाडौं। सरकारले संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा संक्रमणकालीन न्याय अवयवहरू सत्य अन्वेषण, न्याय र परिपूरणका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको उल्लेख छ।

“शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गरिने छ”, बजेटमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धमा सहभागी भई महत्वपूर्ण योगदान गर्ने योद्धाहरूलाई लोकतान्त्रिक सेनानीका रूपमा सम्मान गरिनेछ।”

न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रविधिमैत्री, विकासमैत्री प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्य पूरा गर्न समग्र न्याय प्रणालीको सुदृढीकरण एवं क्षमता विकास गरिने बजेटमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved