विप्लव नेतृत्वको नेकपाको महाधिवेशन फागुनमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको महाधिवेशन फागुनमा हुने भएको छ।

नेपालभ्युज

विप्लव नेतृत्वको नेकपाको महाधिवेशन फागुनमा
फाइल तस्वीर

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको महाधिवेशन फागुनमा हुने भएको छ।

उदयपुरमा जारी केन्द्रीय समितिको बैठकमा पार्टीको ९औं महाधिवेशन फागुन १ गते गर्नेगरी छलफल भइरहेको बैठकमा उपस्थित एक नेताले जानकारी दिएका छन्।

यस्तै बैठकमा स्थानीय निर्वाचनकाे समीक्षा र आगामी कार्ययाेजनाबारे पनि छलफल भइरहेकाे छ।

केन्द्रीय समितिको बैठक गत १२ गतेदेखि शुरु भएकाे हाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved