अस्पतालले होशमा ल्याएको बिरामी बिल सुनेपछि फेरि बेहोश हुन्छ : लिङ्देन (भिडिओ)

नेपालभ्युज

अस्पतालले होशमा ल्याएको बिरामी बिल सुनेपछि फेरि बेहोश हुन्छ : लिङ्देन (भिडिओ)
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको स्वास्थ्य क्षेत्र सर्वसुलभ हुन नसकेको विषय संसद्‌मा उठाएका छन्।

शुक्रबार प्रतिनिधि सभामा जारी नीति तथा कार्यक्रमको छलफलमा लिङ्देनले जनताको स्वास्थ्य र समस्या सरकारले नीति तथा कार्यक्रममा नसमेटेको भन्दै असन्तुष्टि जनाए।

‘‘अस्ति भर्खरै हामीले कोरोनाको सामना गर्‍यौँ। अस्पताल जाँदाखेरी घरजग्गा जान्छ भन्ने डरले मानिसहरू घरमै मर्नुपर्‍यो। अस्पताल गएकाहरू अस्पतालमै मरे। उनीहरूको ज्यान मात्रै गएन घरजग्गा पनि गयो’’, उनले भने, ‘‘अस्पतालले उपचार गरेर हाेशमा ल्याए पनि बिल सुनेर फेरि बेहोश हुनुपर्छ। जनताको स्वास्थ्यको बारेमा हाम्रो नीति कार्यक्रमले कहाँनेर छोयो ?’’

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved