काठमाडौंलाई कलात्मक र जीवन्त बनाउँछौँ : सुनिता डंगोल

काठमाडौं महानगरको उपमेयरमा निर्वाचित सुनिता डंगोलले काठमाडौंलाई कलात्मक र जीवन्त बनाउने बताएकी छिन्।

नेपालभ्युज

काठमाडौंलाई कलात्मक र जीवन्त बनाउँछौँ : सुनिता डंगोल

काठमाडौं। काठमाडौं महानगरको उपमेयरमा निर्वाचित सुनिता डंगोलले काठमाडौंलाई कलात्मक र जीवन्त बनाउने बताएकी छिन्।

६८ हजार ६१२ मतसहित उपमेयरमा विजयी भएपछि राष्ट्रिय सभागृह अगाडि उनले शुक्रबार मतदातालाई सम्बोधनका क्रममा काठमाडौंलाई काठमाडौंवासीले सोचेजस्तै बनाउने बताइन्।

उनले भनिन्, ‘‘हामी काठमाडौंलाई कलात्मक र जीवन्त बनाउँछौँ, काठमाडौंवासीले साेचेजस्तै बनाउँछाैँ।’’

उपमेयर डंगोलले राजनीति फोहोरी खेल नभएको पनि बताइन्। खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्ने उनी बताउँछिन्।

‘‘अब हामीले खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्छ। युवाहरुले आलोचना मात्रै होइन, एकअर्कालाई साथ दिने गरी लाग्नुपर्छ,’’ उनले भनिन्, ‘‘अब हामी सबैजना एक ढिक्का भएर लाग्नुपर्छ। खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्छ।’’

उनले आफू जनताको सेवक बन्न तयार रहेको भन्दै राम्रो काममा कहिले बाधक नबन्ने प्रतिबद्धता समेत जनाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved