दल नसुध्रिए धेरै बालेन जन्मिन्छन् : झलनाथ खनाल

नेपालभ्युज

दल नसुध्रिए धेरै बालेन जन्मिन्छन् : झलनाथ खनाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले दलहरू नसुध्रिए धेरै बालेनहरू जन्मिने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा उनले राजनीतिक दल ठीक ढंगले चल्न नसके धेरै बालेन जन्मने र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जाने बताए।

श्रमजीवी वर्गको जनताको हितका लागि ठोस नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी ठोस नीति हुनुपर्ने भनाइ उनको थियो। त्यस्तै श्रमशक्तिको पलायनलाई रोक्दै मुलुकमा नै रोजगारी सिर्जना गर्नका लागि पनि ठोस कार्यक्रमको आवश्यकता रहेको उनले बताए।

नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको उल्लेख उनले गरे। उनले भूमि सुधारको कुरा नीति तथा कार्यक्रम नभएको उनले बताए। नेता खनालले श्रमजीवी वर्गको जनताको हितका लागि ठोस नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी ठोस नीति हुनुपर्ने बताए। त्यस्तै श्रमशक्तिको पलायनलाई रोक्दै मुलुकमा नै रोजगारी सिर्जना गर्नका लागि पनि ठोस कार्यक्रमको आवश्यकता रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved