नीति तथा कार्यक्रम बालुवा चुसे जस्तो निरस : विष्णु पौडेल

पौडेलले सरकारले प्रस्तुत गरेको आव २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको बताए। सरकारले अवलम्बन गरेका नीति तथा निर्णयहरूका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको टिप्पणी उनले गरे।

नेपालभ्युज

नीति तथा कार्यक्रम बालुवा चुसे जस्तो निरस : विष्णु पौडेल

काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन्। बुधबार न्यूज एजेन्सी नेपालसँगको संवादमा उनले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरस भएको टिप्पणी गरे।

पौडेलले सरकारले प्रस्तुत गरेको आव २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको बताए। नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरू चिन्न नसकेको र समाधान दिन नसकेको उनको भनाइ थियो।

उनले भने, ‘‘यो इतिहासकै सबभन्दा नालायक, सारहीन, गन्तव्य, दिशाविहीन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरश छ यो। यसमा कुनै दृष्टिकोण छैन। कुनै गन्तव्य छैन। यसले मुलुकका आजका समस्या चिनेको छैन। समाधान दिने यसमा कुनै दृष्टिकोण छैन। समयको अपव्यय मात्रै हो यो।’’

उपाध्यक्ष पौडेलले सरकारले अवलम्बन गरेका नीति तथा निर्णयहरूका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए। आर्थिक संकटको बारेमा सरकार मौन रहेको, विगतमा सरकारले गरेका राम्रा कामलाई निरन्तरता नदिई पूर्वाग्रही रूपमा नीति तथा कार्यक्रम ल्याइएकोमा उनले आपत्ति जनाए।

उनले भने, ‘‘यो सरकारकै कारणले गर्दा, यसले अवलम्बन गरेका नीतिका कारणले गर्दा, यसले गरेका निर्णयका कारणले गर्दा मुलुक आर्थिक रूपमा यो भयानक संकटको सम्मुखमा आइपुगेको छ। तर त्यसप्रति यसले चुप्पी साँधेको छ। मौनता गर्देको छ। मानौं यसमा मुलुकको अर्थतन्त्र सबै लयमा छ। ठिकरठाक छ भनेजस्तो गर्‍या छ। यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved