काठमाडौँ वडा नम्बर २१ मा एमाले विजयी

नेपालभ्युज

काठमाडौँ वडा नम्बर २१ मा एमाले विजयी

काठमाडौँ। काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा एमालेका उदय चुडामणि बज्राचार्य निर्वाचित भएका छन्।

यो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी भए। सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भए।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ।

अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ। कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved