‘भरतपुरमा जसले राजनीतिक खिचातानी गर्छ, उसैलाई घाटा हुन्छ’

भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुरमा राजनीतिक खिचातानी नभएको प्रष्ट पारेकी छिन्।

नेपालभ्युज

‘भरतपुरमा जसले राजनीतिक खिचातानी गर्छ, उसैलाई घाटा हुन्छ’

काठमाडौं। भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुरमा राजनीतिक खिचातानी जसले गर्छ, उसैलाई घाटा हुने बताएकी छन्।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई फराकिलो मतान्तरले पराजित गर्दै भरतपुर महानगरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनुले भरतपुरमा राजनीतिक खिचातानी नभएको प्रष्ट पारिन्।

उनले भनिन्, ‘‘भरतपुरमा विकासमा राजनीतिक खिचातानी न हिजो थियो न भोलि नै हुनेछ। जसले गर्नुहुन्छ, उहाँलाई नै घाटा हुने हो।’’

मंगलबार मतपरिणाम सार्वजनिक भएपछि सञ्चार माध्यमसँग कुराकानीका क्रममा उनले एक सेकेन्ड पनि खेर नफाली भरतपुरकाे विकासका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाइन्।

आगामी पाँच वर्षमा क्रिकेट रंगशाला निर्माण गर्ने, भरतपुरका ठूला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्नुका साथै भरतपुरको ढल तथा फोहोर व्यवस्थापनको काम गर्ने उनले बताइन्। दाेस्राे कार्यकालको पहिलो निर्णय महिला र विपन्न लक्षित हुने उनकाे भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved