आज पनि पानी पर्ने सम्भावना

देशका विभिन्न भूभागमा आज पनि बेलुकीपख पानी पर्नेछ। मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

नेपालभ्युज

आज पनि पानी पर्ने सम्भावना

काठमाडौं। देशका विभिन्न भूभागमा आज पनि बेलुकीपख पानी पर्नेछ। मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

दिउँसोसम्म पानी नपर्ने तर त्यसपछि भने पहाडी जिल्लासहित मधेस प्रदेशका केही ठाउँमा समेत पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

अहिले भने देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ। अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमी बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ।

प्रिमनसुनका गतिविधि सक्रिय रहेकाले अबको केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved