मकवानपुरमा ४२२ किलो गाँजा बरामद

नेपालभ्युज

मकवानपुरमा ४२२ किलो गाँजा बरामद
फाइल तस्वीर

हेटौँडा। मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। उत्तरी मकवानपुरको थाहा नगरपालिका–३ बायोखोलास्थित डाँडाबास–पालुङबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिराखेको ना ६ ख ३२४३ नम्बरको मिनि ट्रकबाट गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

चौध बोराभित्र २८ प्याकेटमा गाँजा राखेको फेला परेको हो। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved