गठबन्धनलाई हराउँदै गौरादह नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए। उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार शाहलाई पराजित गरे।

नेपालभ्युज

झापा। झापाको गौरादह नगरपालिकामा गठबन्धनलाई हराउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ।

बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए। उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार शाहलाई पराजित गरे।

शाहले ११ हजार ४४८ मत प्राप्त गरे। शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित भएका थिए।

उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएका छन्। राजवंशीले ११ हजार ९१४ मत प्राप्त गरिन्।

उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरिन्। ढकालले १० हजार ३४८ मत प्राप्त गरे।

गौरादह नगरपालिकामा कांग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो। यो नगरमा नौ वडा रहेका छन्।

जसमा वडा नं १ मा एमालेका तर्फबाट नगेन्द्र भण्डारी, २ मा कांग्रेसबाट गोपालप्रसाद कोइराला, ३ मा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी, ४ मा एमालेबाट दुर्गामणि बस्नेत, ५ मा एमालेबाटै जगन्नाथ खनाल, ६ मा कांग्रेसबाट तोयानाथ प्रसाईं, ७ मा एमालेबाट बलराम खरेल, ८ मा माओवादीबाट गणेशकुमार राजवंशी र ९ मा एमालेबाट उपेन्द्र निरौला विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved