आईपीएल क्रिकेट – मुम्बईसँग दिल्ली पराजित, बेङ्ग्लोर प्लेअफमा

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्ले अफमा पुगेको छ।

नेपालभ्युज

आईपीएल क्रिकेट – मुम्बईसँग दिल्ली पराजित, बेङ्ग्लोर प्लेअफमा

काठमाडौं। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्ले अफमा पुगेको छ।

दिल्ली ५ विकेटले पराजित भएपछि बेङ्ग्लोर १६ अङ्कका साथ अन्तिम चारमा रहेर प्ले अफमा पुगेको हो। जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै भेट्टायो।

मुम्बईका ईशान किशनले सर्वाधिक ४८ रन जोडे। दिल्लीका शार्दुल ठाकुर र एनरिच नोर्कियाले २\२ विकेट लिए। त्यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो।

दिल्लीका रोभम्यान पावेलले सर्वाधिक ४३ रन बनाए। मुम्बईका जस्प्रित बुमराहले ३ तथा रमनदीप सिंहले २ विकेट लिए। गुजरात, राजस्थान रोयल्स र लखनऊ यसअघि नै प्ले अफमा पुगिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved