‘जिया तिब्बती शरणार्थी शिविर पुग्नु एमसीसी अनुमोदनपछि पहिलो हस्तक्षेपकारी कार्य’

नेपालभ्युज

‘जिया तिब्बती शरणार्थी शिविर पुग्नु एमसीसी अनुमोदनपछि पहिलो हस्तक्षेपकारी कार्य’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी उपमन्त्री तिब्बती शरणार्थी शिविर पुग्नु एमसीसी अनुमोदनपछि पहिलो हस्तक्षेपकारी कार्य भएको टिप्पणी गरेका छन्।

शनिबार ट्विट गर्दै रावलले नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो भन्ने प्रश्न गर्दै नेपाल प्रहरीको स्कर्टिङमा अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जिया तिब्बती शरणार्थी शिविर हस्तक्षेपकारी कार्य भएको लेखे।

उनले लेखेका छन् -नेपाल प्रहरीको स्कर्टिङमा अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जिया दूताबासका उपप्रमुख सहित जाउलाखेल,तिब्बती शरणार्थी शिविर पुगेकी छन्  एमसीसी सम्झौता अनुमोदनपछि पहिलो हस्तक्षेपकारी कार्य  के नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो,गठजोड सरकार ?

तिब्बती धार्मिक नेता दलाई लामालाई भेट गरेर नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्री जियाले शनिबार जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण गरेकी थिइन्। शिविरमा बस्ने तिब्बती शरणार्थीसँग उपमन्त्री जियाले केहीबेर अन्तरक्रिया समेत गरेकी थिइन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी अमेरिकी उपमन्त्री जिया तिब्बती शरणार्थी शिवरमा जाने विषयबारे अनभिज्ञता प्रकट गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved