गंगाजमुना गाउँपालिकामा एमालेलाई पराजित गर्दै गठबन्धन विजयी

पालिकाको सात वडामध्ये कांग्रेस, माओवादी र एमालेले दुई दुई तथा नेकपा (एकीकृत समाजवादी) एक वडामा विजयी भए।

नेपालभ्युज

गंगाजमुना गाउँपालिकामा एमालेलाई पराजित गर्दै गठबन्धन विजयी

धादिङ। धादिङको गंगाजमुना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसका भक्त लामा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामेश्वर सिंखडा निर्वाचित भएका छन् ।

अध्यक्षमा लामाले ६ हजार २६२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भक्तबहादुर लामिछानेले चार हजार ५० मत ल्याए।

त्यस्तै, उपाध्यक्षामा माओवादी केन्द्रका रामेश्वर सिंखडाले पाँच हजार ३८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेकी एञ्जिला तामाङले चार हजार १९६ मत प्राप्त गरिन्।

पालिकाको सात वडामध्ये कांग्रेस, माओवादी र एमालेले दुई दुई तथा नेकपा (एकीकृत समाजवादी) एक वडामा विजयी भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved