बाबुराम भट्टराईको गृहनगरमा माओवादीले जित्यो

पालुङटार नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बनेका हुन्।
उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी भइन्।

नेपालभ्युज

बाबुराम भट्टराईको गृहनगरमा माओवादीले जित्यो

गोरखा। गोरखाको पालुङटार नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बनेका हुन्।
उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी भइन्।

पालुङटार जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने उनको गृह पालिकासमेत हो। चिन्तनका प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याए।

उपमेयरको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन्। पालुङटारमा जसपा र एमालेबीच मेयर, उपमेयरमा एकले अर्कालाई सघाउने गरी चुनावको अन्तिम समयमा तालमेल भएको थियो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पालुङटारको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी भएको थियो। निवर्तमान मेयर तथा कांग्रेस तर्फका उम्मेदवार  दिपकबाबु कडेंल यस पटक ४ हजार ९ सय ९७ मत प्राप्त गरी तेस्रो भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved