स्थापितको वडामा पनि बालेनको ‘लौरो’ अगाडि

नेपालभ्युज

स्थापितको वडामा पनि बालेनको ‘लौरो’ अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता रोकिएको छैन।

महानगरपालिका वडा नम्बर २८ भने शुरुआती अग्रतामा केही पछि परे पनि ८ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उनले पछि पारिसकेका छन्। उनले यहाँ २१३ मत पाउँदा स्थापितले २०३ मत पाएका छन्। त्यस्तै सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १६२ मत पाएकी छन्।

वडा नम्बर २८ स्थापितको घर भएको वडा हो।

हालसम्म काठमाडौंमा ४९ हजार ९ सय ७५ मत गणना हुँदा बालेनको लौरोले १९ हजार ५ सय २३ पाएको छ भने स्थापितले १० हजार ३२ मत पाएका छन्। त्यस्तै सिंहले ९ हजार १ सय ३२ मत ल्याएकी छन्।

वडा नम्बर १,२, ३ र ५ को मतगणना सकिँदा ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ मत गणना भइरहेको छ। एमालेले गणना सम्पन्न भइसकेका सबै वडा जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved