काठमाडौं। नेकपमा माओवादीका नेता हरिबोल गजुरेलले सरकारले खुलेआम भ्रष्टाचार गरेको आरोप लगाएका छन्। आज प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा उनले सिंहदरबारभित्र मन्त्रालयहरूमा जाँदा ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ टाँसिएको’ तर खुलेआम भ्रष्टाचार भइरहेको उनले आरोप लगाए।
उनले भने, ‘‘खुलेआम भ्रष्टाचार भइरहेको छ। सरकारका प्रधानमन्त्री मन्त्री खुलेआम भ्रष्टाचार गरिरहेका छन् तथ्यहरू आइरहेका छन्, मजाक छ त्यहाँ। साइन बोर्ड टाँसिएको छ। यो कसरी हेर्ने ? टुलुटुलु हेरेर बस्ने ?”
उनले चुनाव खर्चिलो बन्दै गएको र विकृति बिसंगति बढेको बताए।
बजेट छलफलमा शान्ति प्रक्रियामा आइसकेपछि आजसम्म कुनै पनि सरकारले बजेटमाथि छलफल नगरेको भन्दै यो गम्भीर त्रुटी भएको उनको भनाइ थियो। बजेट ल्याउँदा राजनीतिक दल, सत्तापक्ष र प्रतिपक्षसहित विस्तृत छलफल नगरे छिट्टै देश दुर्घटनातर्फ जाने उनले बताए।
Facebook Comment
Comment