नवौँ राष्ट्रिय खेलकुदमा पुगेन तयारी, असोजमा सर्ने

तयारी अभावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । सरकारले गण्डकी प्रदेशमा २२ देखि २८ जेठसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको नवौँ राष्ट्रिय खेलकुदलाई केही महिनाका लागि सार्ने तयारी गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्रोतले जानकारी दिएको छ ।

नेपालभ्युज

नवौँ राष्ट्रिय खेलकुदमा पुगेन तयारी, असोजमा सर्ने

काठमाडौं। तयारी अभावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । सरकारले गण्डकी प्रदेशमा २२ देखि २८ जेठसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको नवौँ राष्ट्रिय खेलकुदलाई केही महिनाका लागि सार्ने तयारी गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्रोतले जानकारी दिएको छ ।

सार्वजनिक खरिद नियमअनुसार टेन्डर प्रक्रियामा समय लाग्ने देखिएकाले सर्ने तयारी भएको बताइएको छ। असोजमा प्रतियोगिता गर्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्ले २२ जेठदेखि प्रतियोगिता आयोजना गर्ने घोषणा गरे पनि आवश्यक तयारी अघि बढ्न सकेको थिएन।
नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने खेलकुद मन्त्रालय र राखेपले फास्ट ट्र्याकबाट सामग्री खरिद तयारी गरेको स्रोतको भनाइ छ । सार्वजनिक खरिद ऐनको अवधि ३५ दिनको हुनुपर्छ । तर, राखेपले सात दिनको मात्र प्रस्ताव गरेपछि प्रक्रिया रोकिएको हो ।

यसैगरी, प्रतियोगिता निर्देशिका अर्थ मन्त्रालयबाट पास नभएका कारण आयोजना प्रक्रियाअघि बढ्न नसकेको एक उच्च अधिकारीले बताए। प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको नवौँ संस्करण २०७७ सालमा हुनुपर्ने हो। कोभिड–१९ को प्रभाव र सरकार परिवर्तनका कारण प्रतियोगिता समयमै हुन सकेन। राखेपले खेल संख्या निर्धारण, लोगो, मस्कट र नारा सार्वजनिक गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved