विदेह नगरको मेयर-उपमेयरमा एमाले

नेपालभ्युज

धनुषा। धनुषाको विदेह नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।

एकीकृत समाजवादीका राज किशोर यादवलाई नौ सय बढी मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार वेचन दास तत्मा मेयरमा निर्वाचित भएका हुन्। उनले चार हजार ४१२ पाउँदा यादवले तीन हजार ४२६ मत ल्याए।

उपमेयरमा एमालेकै आशादेवी झाले चार हजार ६५९ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सञ्जना अधिकारीले दुई हजार ८७० मत ल्याइन् भने नेपाली कांग्रेसी उम्मेदवार सिमा कुमारी महतो दुई हजार ७८६ मत पाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved