रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरेका छन्।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी निर्वाचित भएकी छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरेकी छिन्।
सो गाउँपालिकोको वडा नंं १, २, ४, ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। वडा नंं ३ र ६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ। सो गाउँपालिकामा कांग्रेस-एमाले-एकीकृत समाजवादी-स्वतन्त्रले चुनावी तालमेल गरेका थिए।
२०७४ सालको स्थानीय तह निर्वाचनमा परिवर्तन गाउँपालिका नेकपा माओवादी केन्द्रले क्लीन स्वीप गरेको थियो।
Facebook Comment
Comment