पाल्पाको पूर्वखोला गाउँपालिका एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

नेपालभ्युज

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार नुनबहादुर थापा ६,०३९ मत ल्याई विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनप्रसाद गिरीलाई ४,७८२ मतान्तरले पराजित गरेका हुन्। गिरीले १,२५७ मत ल्याएका छन्। उपाध्यक्षमा समेत एमालेकी भागिरथी भट्टराई ५,८९४ मतसहित विजयी भइन्।

दोस्रो स्थानमा रहेकी कांग्रेसकी विष्णुकुमारी आचार्यले २२५० मत ल्याइन्।

पाल्पाका १० पालिकामध्ये अहिलेसम्म एउटाको मात्रै अन्तिम नतिजा आएको हो। निर्वाचन आयोगका अनुसार पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ। वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन्।

पूर्वखोलामा २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेबाटै निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved