भजनी नगरपालिका ८ मा सबै उम्मेदवारको बराबर मत

नेपालभ्युज

भजनी नगरपालिका ८ मा सबै उम्मेदवारको बराबर मत

धनगढी। कैलालीको भजनी नगरपालिकाको एक वडामा रोचक मतपरिणाम सार्वजनिक भएको छ। नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा प्रमुख चार पार्टीका सबै उम्मेदवारले बराबर मत ल्याएका छन्।

जहाँ सबै दलका उम्मेदवारहरुले सबै पदमा उस्ताउस्तै मत ल्याएको परिणाम सार्वजनिक भएको छ। नगरपालिकाको मेयरमा लिड गरिरहेको नागरिक उनमुक्ति पार्टीका सबै उम्मेदवारले ४३२ मत पाएका छन्। उक्त पार्टीका सबै पदका उम्मेदवारले समान मत प्राप्त गरेका हुन्।

यस्तै दोस्रोमा रहेको माओवादी केन्द्रका पनि सबै पदका उम्मेदवारले समान २२२/२२२ मत पाएका छन् भने एमालेका सबै उम्मेदवारले १३६/१३६ मत पाएका छन्। त्यस्तै जनता समाजवादीका पनि सबै उम्मेदवारले समान मत पाएका छन्। जसपाका सबै उम्मेदवारले १५४/१५४ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved