विराटनगर महानगरमा गठबन्धनका उम्मेदवार कोइरालाको अग्रता

नेपालभ्युज

विराटनगर महानगरमा गठबन्धनका उम्मेदवार कोइरालाको अग्रता
विराटनगर। विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्। अहिलेसम्म गणनामा गठबन्धनका साझा उम्मेदवार कोइराला ४१९ मतसहित अगाडि छन्।
उनलाई नेकपा एमालेका सागर थापाले २९६ मतसहित पछ्याइरहेका छन्।
यसैगरी उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्की ३४५ सहित अगाडि छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अमरेन्द्र यादवले १९८ मत प्राप्त गरेका छन्।
अहिलेसम्मको अपडेटअनुसार
मेयर
नागेश कोइराला (नेपाली कांग्रेस/गठबन्धन) : ४१९
सागर थापा (नेकपा एमाले) : २९६
उमेश यादव (स्वतन्त्र) : १११
प्रह्लाद शाह (राप्रपा) :७५
उपमेयर
शिल्पा निराला कार्की (नेकपा एमाले) : ३४५
अमरेन्द्र यादव (जसपा) : १९८
नमिता न्यौपाने (स्वतन्त्र) : ६१

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved