काठमाडौं महानगरको मतगणना शुरु

काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छ। पहिलो चरणमा काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना थालिएको छ।

नेपाल भ्यूज

काठमाडौं महानगरको मतगणना शुरु

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छ। पहिलो चरणमा काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना थालिएको छ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौंको अरू नगरमा बिहानै शुरु भए पनि महानगरको भने भर्खरै गणना शुरु भएको हो।

काठमाडौंमा मेयर पदका लागि एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, राप्रपाबाट मदनदाश श्रेष्ठ, स्वतन्त्रबाट बालेन साह लगायत चुनावी मैदानमा उत्रिएका छन्।

करिब तीन लाख मतदाता रहेको काठमाडौं महानगर एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved