तत्काल काठमाडौं महानगरको मतगणना शुरु नहुने

नेपालभ्युज

तत्काल काठमाडौं महानगरको मतगणना शुरु नहुने

काठमाडौं। आजैदेखि मतगणना शुरु गर्ने तयारी गरिएको काठमाडौंको मतगणनाको सम्भावना न्यून रहेको छ। यतिबेला राष्ट्रिय सभागृहमा मतपेटिका संकलनको काम भइरहेको छ।

अझै ६० मत पेटिका संकलन गर्न बाँकी रहेको छ। मतपेटिका संकलनको काम भइरहेको छ।

मतपेटिका संकलनपछि सर्वदलीय बैठक राखेर त्यसपछि मात्रै मतगणनाको प्रक्रिया शुरु हुनेछ।

करीब एक घण्टामा मतपेटिका संकलन गरेर सर्वदलीय बैठक राखेर त्यसपछि मात्रै मतगणनाबारे निर्णय गर्ने मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए। उनका अनुसार ६ ओटा काउन्टर बनाएर निर्वचन अधिकृतको कार्यालयले मतपेटिका संकलन गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved