देशभरका ४४ मतदान केन्द्रमा मतदान स्थगितः प्रमुख निर्वाचन आयुक्त थपलिया

नेपालभ्युज

देशभरका ४४ मतदान केन्द्रमा मतदान स्थगितः प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं। देशभरका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएकाे छ।

१४ जिल्लाका १७ वटा स्थानीय तहका २८ मतदानस्थलका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको राष्ट्रिय निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले जानकारी दिए।

सबै स्थानमा निर्वाचन सम्पन्न हुने अपेक्षा गरिए पनि राजनीतिक दल र उम्मेदवारबीच भएको आपसी विवादका कारण केही स्थानमा मतदान स्थगित गर्नुपरेकाे उनले बताए। उनले विवाद भएका ठाउँमा प्रहरीबाट बल प्रयोग गर्नुपर्ने अवस्था आएको बताए।

मौसमका कारण केही स्थानमा सबै मतदाता सहभागी हुन नसकेका कारण मतदान अधिकृतले मतदान स्थगित गर्नुपर्ने अवस्था आएको उनले बतएका छन्। स्थानीय वस्तुस्थितिलाई बुझ्दै मतदान स्थगित भएका जिल्लामा मतदान गर्ने तयारी निर्वाचन आयोगले गरेको छ।

केही दुर्गम स्थानका मतपेटीका भोलि हेलिकप्टरबाट सम्बन्धित जिल्लाका निर्वाचन केन्द्रमा ल्याइने पनि उनले जानकारी दिए।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको थियाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved