बंगलादेश दूतावासको सहयोगमा तेस्रो आर्ट फ्रेस्टिबल (तस्वीरहरू)

नेपालभ्युज

बंगलादेश दूतावासको सहयोगमा तेस्रो आर्ट फ्रेस्टिबल (तस्वीरहरू)
तस्वीर : गोपेन राई

काठमाडौं। नेपालस्थित बंगलादेश दूतावासको सहयोगमा बंगलादेश आर्टिस समूहले काठमाडौंमा तेस्रो ‘ग्लोबल फ्रन्डसिप आर्ट फ्रेस्टिबल’ को आयोजना गरेको छ। नेपाल आर्ट काउन्सिलमा आयोजना भएको कार्यक्रम २७ वैशाखबाट शुरु भएको फेस्टिबल ३१ वैशाखसम्म चल्नेछ।

बंगलादेश आर्टिस समूह गैरनाफामुलक संस्था हो। सांस्कृति हिसाबले विश्वभर सञ्जाल निर्माण गर्ने प्रयासस्वरूप यो संस्थाको स्थापना गरिएको हो। कलाको विस्तारबाट विश्वभर ज्ञान वृद्धि गर्ने अभिप्रायले बंगलादेशको आर्टिस समूहले यस्तो कार्यक्रमको आयोजना गर्दै आएको छ। नेपालसहित भुटान लगायतका देशमा यो समूहको कार्यक्रम हुँदै आएको छ।

कलाको विस्तारका लागि बंगलादेशको आर्टिस समूह विभिन्न देशको सरकारसँग सहकार्य गर्न तयार रहेको समूहले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved