असन्तुष्ट पक्ष फकाउन माडीमा प्रचण्डको कसरत

नेपालभ्युज

असन्तुष्ट पक्ष फकाउन माडीमा प्रचण्डको कसरत

काठमाडौं। स्थानीय निर्वाचनमा मतदानका लागि चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट पक्षसँग भेटघाट गरेका छन्।

प्रचण्डले आज माडीको होटल प्याराडाइजमा पुगेर असन्तुष्ट पक्षलाई फकाउने प्रयास गरेका हुन्। निर्वाचन मौन अवधिमा मत माग्न हिँडेका उनले आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्।

माडीमा पार्टीभित्र ठूलो असन्तुष्टि देखिएपछि प्रचण्डले कडा सुरक्षाकाबीच २५–२५ जनाको समूहमा बोलाएर मत मागेको बताइएको छ।

प्रचण्ड केहीबेर माडी बसेर भरतपुर फर्किएका छन्। उनी बुधबार चितवन पुगेका थिए। उनी गृहजिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ। उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ। सो मतदानस्थल उनीलगायत एक हजार ६७८ जना मतदाता छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved