रातो मच्छिन्द्रनाथको जात्रा : लगनखेलमा नरिवल खसालिँदै

वर्षा र सहकालका देवताको रुपमा मनाइने रातो मच्छिन्द्रनाथलाई तानेर लगनखेल पुर्‍याएको चौथो दिनमा नरिवल खसालिने परम्परा रहेको छ।

नेपालभ्युज

रातो मच्छिन्द्रनाथको जात्रा : लगनखेलमा नरिवल खसालिँदै

काठमाडौं। काठमाडौं उपत्यकाकै लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज लगनखेलमा नरिवल खसालिँदै छ। लगनखेलस्थित देउला टोलमा रहेको रथबाट नरिवल खसालिन्छ।

वर्षा र सहकालका देवताको रुपमा मनाइने रातो मच्छिन्द्रनाथलाई तानेर लगनखेल पुर्‍याएको चौथो दिनमा नरिवल खसालिने परम्परा रहेको छ।

मच्छिन्द्रनाथ र मिननाथको रथबाट एक÷एक ओटा नरिवल खसालेर नरिवल खसाल्ने जात्रा मनाइन्छ।

३२ हात लामो रथको टुप्पोबाट खसालिने नरिवल समात्न मानिसहरुको भीड लाग्ने गर्छ।

नरिवल समात्नेले सुख, शान्ति भोग गर्न पाउने किंवदन्ती छ।

परापूर्वकालमा कर्कट नामका नागराज मच्छिन्द्रनाथको जात्राका क्रममा खसालेको नरिवल हेर्न पुगेको किंवदन्ती छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved