हेटौँडा अस्पताललाई प्रतिष्ठानको मातहतबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

बागमती प्रदेश सरकारले गत २२ चैतमा अध्यादेशमार्फत अस्पताललाई प्रतिष्ठानबाट अलग गराउने निर्णय गरेको थियो।

नेपालभ्युज

हेटौँडा अस्पताललाई प्रतिष्ठानको मातहतबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश दिएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको आज (बुधबार) बसेको संवैधानिक इजलासले कारण देखाउ आदेशसहित प्रतिष्ठानको मातहतबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश दिएको हो।

बागमती प्रदेश सरकारले गत २२ चैतमा अध्यादेशमार्फत अस्पताललाई प्रतिष्ठानबाट अलग गराउने निर्णय गरेको थियो। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेशले प्रतिष्ठानले अस्पताललाई शिक्षण अस्पतालका रूपमा चलाउन दिने गरी भएको व्यवस्था हटाएको थियो।

अध्यादेशको विरुद्ध प्रतिष्ठानले २१ वैशाखमा सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो। बागमती प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, स्वास्थ्य मन्त्रालय, प्रदेश सभा, राष्ट्रिय चिकित्सा शिक्षा आयोग, थिमि भक्तपुर/प्रदेश प्रमुखको कार्यालयविरुद्ध प्रतिष्ठानले रिट दर्ता गरेको थियो।

प्रदेश सरकार अन्तर्गत सञ्चालित १५० बेडको हेटौडा अस्पताल प्रतिष्ठानको मातहतमा रहेको थियो। अध्यादेश जारी भएसँगै प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक गर्नको लागि भारतको संघीय सरकार मातहत रहेको भरतपुर अस्पतालमा पुग्नुपर्ने व्यवस्था गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved