युवा परामर्श केन्द्रमा सहभागी हुन युरोपियन युनियनको आग्रह

नेपालभ्युज

युवा परामर्श केन्द्रमा सहभागी हुन युरोपियन युनियनको आग्रह

काठमाडौं। युरोपियन युनियनले युरोप दिवसको अवसरमा ललितपुरको पाटन म्युजियमा आयोजित कार्यक्रममा ‘युथ साउन्डिङ बोर्ड’ का लागि आवेदन आह्वान गरेकी छन्।

९ मेमा आयोजित कार्यक्रमा नेपालस्थित युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले आवेदन आह्वान गरेकी हुन्। युरोपियन युनियनले गर्ने सहयोगमा युवाहरू कसरी संलग्न हुन सक्छन् भन्ने विषयमा वास्तविक, आधारभूत र दीर्घकालीन परिवर्तनहरू सिर्जना गर्न लक्ष्य राखेर युवाहरूसँग परामर्श गर्नका लागि आवेदन आह्वान गरेको युरोपियन युनियनले बताएको छ। यस्तो बोर्डको स्थापना ब्रसेल्सबाट शुरु भएको हो जुन बोर्ड विश्वका अन्य देशमा पनि स्थापना भएको छ।

नेपालमा स्थापना भएको बोर्डमा युरोपियन युनियनका साथै युथ इनोभेशसन ल्याव, अक्सफाम र हेल्भिटाससहित युनियनले कोभिड रोकथामका लागि सञ्चालन गरेको प्रजेक्टका विजेता सहभागी छन्।

आवेदन आह्वान कार्यक्रममा बोल्दै नेपालका लागि युरोपियन युनियनकी राजदूत डेप्रेजले युवाहरू विश्वको भविष्य मात्रै नभएर वर्तमान पनि भएको बताइन्। आवेदन आह्वान कार्यक्रममा बोल्दै राजदूत डेप्रेजले भनेकी छन्, “म युथ साउडिङ बोर्ड स्थापनाका लागि आवेदन आह्वान गर्दा निकै खुशी छु, यसले युरोपियन युनियनले नेपालको विकासका लागि के गर्नुपर्छ भन्ने विषयमा नेपाली युवासँग परामर्श गर्ने लक्ष्य राखेको छ। युवासँगको परामर्शले हाम्रो अभियान सहभागीता मूलक र प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौँ।”

युथ इनोभेसन ल्यावका प्रदीप खतिवडाले युवाहरू परिवर्तनको संवाहक भएको बताउँदै वर्तमान समयको जल्दाबल्दा समस्या समाधान गर्न युवाको सहभागी महत्त्वपूर्ण हुने बताए। युथ साउन्डिङ बोर्डले त्यसका लागि स्थान दिने खतिवडाले बताए। बोर्डले निर्णय गर्ने स्थानमा युवा स्वरलाई समावेश गर्ने पनि खतिवडाको दाबी छ।

आवेदन आह्वान ९ मेबाट ३१ मेसम्म रहने राजदूत डेप्रेजले बताएकी छन्। आह्वानमा मधेश प्रदेश, कर्णाली प्रदेश र सदूरपश्चिम प्रदेशका युवाहरूलाई आवेदन भर्न समेत उनले आग्रह गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved