काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई स्पष्टीकरण सोधेको छ। बुधबार नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा भएको कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाएको भन्दै आयोले स्पष्टीकरण सोधेको हो।
त्यस क्रममा गठबन्धनलाई जिताए केही मतदातालाई मलेशियाको फ्री भिसा फ्री टिकट दिने उनले आश्वासन दिएकी थिइन्। मंगलबार नेपाली कांग्रेस (बीपी)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए।उक्त उजुरीका आधारमा आयोगले नेतृ राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
‘यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ, छैन ? तपाईंले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ‚ गर्दैन ? तपाईंले नेपाली कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट जवाफ पेश गर्नहुन निर्णयानुसार अनुरोध छ‚’ आयोगले पठाएको पत्रमा भनिएको छ।
यो पनि
देश दुर्घटनामा जाने अभिव्यक्ति दिएका प्रचण्डलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
Facebook Comment
Comment