साताको तेस्रो कारोबार दिन पनि बढ्यो नेप्से

नेपालभ्युज

काठमाडौं। लगातार साताको तेस्रो कारोबार दिन पनि नेप्से परिसूचक बढेको छ। मंगलबार नेप्से ४४ दशमलव १६ अंक बढेर दुई हजार ३१३ विन्दुमा पुगेर बन्द भएको छ।  यस दिन १३ ओटै उपसमूहको शेयर उकालो लागेको छ।

अघिल्लो साता लगातार चार कारोबार दिन घटेको नेप्से यस साता आइतबार १७ दशमलव ९५ अंक र सोमबार १२ दशमलव २७ अंकले बढेको थियो। चुनाव नजिकिँदै जाँदा त्यसकै प्रभाव शेयर बजारमा परेको लगानीकर्ताहरूको विश्लेषण छ।

कारोबारमा आएका धितोपत्रमध्ये सर्वाधिक बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर, जाल्पा लघुवित्त र यूनिभर्सल पावर कम्पनीको शेयर उकालो लागेको छ। बरुण, ङादी ग्रुप पावर र जाल्पा लघुवित्तको शेयर १० प्रतिशत वृद्धि भएको छ भने यूनिभर्सल पावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।

आज १ अर्ब ३५ करोड रुपैयाँको ३३ लाख ३० हजार १५० कित्ता शेयर खरीदविक्री भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved