पोखरामा बागी उम्मेदवारी दिएका कार्कीले गठबन्धनलाई सघाउने

नेपालभ्युज

पोखरामा बागी उम्मेदवारी दिएका कार्कीले गठबन्धनलाई सघाउने

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा पार्टी छाडेर बागी उम्मेदवारी दिएका विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन्।

उम्मेदवारी फिर्तासँगै उनले सत्ता गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्यलाई समर्थन जनाएका छन्।

कार्कीले आज सोमबार प्रेस विज्ञप्ति निकालेर पार्टीले उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन आफूले मानेको बताए।

‘साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु’, विज्ञप्तिमा उनले उल्लेख गरेका छन्, ‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ।’

यसैबीच नेपाली कांग्रेस कास्कीले पनि उम्मेदवारी फिर्ता लिएको भन्दै नेता विमलबहादुर कार्कीलाई धन्यवाद ज्ञापन गरेको छ।

पार्टीभित्र असन्तुष्टि भए पनि आन्तरिक रूपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरी कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुशी भएको कांग्रेस कास्कीका सभाापति किशोरदत्त बरालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved