चितवन। नेकपा एमाले चितवनले सरकारसँग शान्ति सुरक्षाको माग गरेको छ। निर्वाचनको मुखैमा शान्ति सुरक्षाको सुनिश्चितता हुन नसक्दा असुरक्षा बढेको भन्दै एमालेले सुरक्षाको माग गरेको हो।
गत २४ वैशाखमा खैरहनी बस्ने राष्ट्रिय युवा संघ खैरहनीका उपाध्यक्ष कुमार थापामगरमाथि खुकुरी प्रहार भएको थियो। यसैगरी २५ वैशाखमा नेपाली कांग्रेसका कार्यकर्ता अनिल परियारको सांघतिक हमलाबाट हत्या भएको छ।
चुनावको मुखमा यस्ता घटना घट्नु र सरकारी पक्षले शान्ति सुरक्षाको सुनिश्चितता गर्न नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको भन्दै एमालेले दुवै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ। चितवन एमालेले विज्ञप्ति चुनावको मुखमा हुने सम्भावित हिंसा र अपराध रोक्न शान्ति सुरक्षाको विषयमा संवेदनशील भई सबै नागरिकको जीउधनको सुरक्षा गर्न माग गरेको छ।

Facebook Comment
Comment