निर्वाचनका दिन वर्षा हुन सक्छ, आवश्यक तयारी गर्नू : निर्वाचन आयोग

नेपालभ्युज

निर्वाचनका दिन वर्षा हुन सक्छ, आवश्यक तयारी गर्नू : निर्वाचन आयोग

काठमाडौं। स्थानीय तह निर्वाचनका दिन (३० वैशाख) मा वर्षा हुने सम्भावना देखिएको हुँदा आवश्यक तयारी गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

हिजो मौसम पूर्वानुमान महाशाखाले स्थानीय तह निर्वाचनका दिन पानी पर्ने जनाएपछि आयोगले यस्तो निर्देशन दिएको हो। आज आयोगले गरेको पत्रकार सम्मेलनमा यस्तो निर्देशन दिएको हो।

मतदान हुने समय बिहान ७ बजेदेखि मतदान हुने देशभरका सबै मतदान केन्द्रमा मतदानको समय र मतगणनाको समयमा वर्षाले समस्या पार्ने भएकाले यस्तो हुन नदिन र निर्वाचन सामग्रीको समेत सुरक्षा गर्न आयोगले निर्देशन दिएको छ।

यसका लागि आवश्यक पाल त्रिपाल र प्लास्टिक व्यवस्था गर्न आयोगले सबै स्थानीय तहहरूले मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न भनेको छ। संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई यसबारे निर्देशन दिने निर्णय पनि आयोगले गरेको जनाएको छ।

साथै आयोगले निर्वाचन आचारसंहिताविपरीत समाचार छापेको भन्दै दुई सञ्चारमाध्यमलाई स्पष्टीकरण पनि सोधेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved