प्रिमियर लिग फुटबल : शानदार जितसँगै शीर्ष स्थानमा सिटी

सिटी ३५ खेलमा ८६ अंक जोड्दै शीर्ष स्थानमा छ। समान खेलबाट ८३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ।

नेपालभ्युज

प्रिमियर लिग फुटबल : शानदार जितसँगै शीर्ष स्थानमा सिटी

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा न्युकासललाई ५–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो। सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई गोल गरे।

घरेलु मैदानमा १९ औँ मिनेटमा गोल गर्दै स्ट्रर्लिङले सिटीलाई शुरुआती अग्रता दिलाए। ३८ औँ मिनेटमा एम्रिक लापोर्टले गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए। ६१ औँ मिनेटमा रोड्रीले गोल गरेपछि सिटीको अग्रता तेब्बर बन्यो।

खेलको ९० औँ मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीले पाहुना टोलीमाथि ४–० गोल अन्तरको अग्रता बनायो। खेलको इन्जुरी समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को जित दिलाए।

सिटी ३५ खेलमा ८६ अंक जोड्दै शीर्ष स्थानमा छ। समान खेलबाट ८३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। न्युकासल ४३ अंक जोडेर १३ औँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved