राजेन्द्र लिङ्देन भन्छन् : आफ्नै पार्टीमा बस्नुहोस् तर भोट हलोलाई दिनुस्

नेपालभ्युज

राजेन्द्र लिङ्देन भन्छन् : आफ्नै पार्टीमा बस्नुहोस् तर भोट हलोलाई दिनुस्

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जुनसुकै दलका कार्यकर्ता बने पनि भोट हलोमा हाल्न आग्रह गरेका छन्।

राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो दलका नेतालाई झण्डा देखाएर भोट हलोमा दिन आग्रह गरेका हुन्। नेकपा एमाले, माओवादी, नेपाली कांग्रेसलाई देश समृद्ध बनाउने चाहना नभएकाले यसपाली राप्रपाले जित्नु पर्ने बताए। देश सुधार्नको लागि सबै सुध्रिन जरुरी भएको र अब सबै दलहरू सुध्रन जरुरी भएको बताएका हुन्।

“यो निर्वाचनलाई देशलाई दुर्घटनामा जान रोक्ने अवसरको रुपमा प्रयोग गर्नुपर्छ,” उनले भने, “यो चुनावमा उनीहरूको बाकस खाली गरिदिनुस्।”

सबै मिलेर अन्य दलको बाकस नै खाली गरिसकेपछि सबै दलका नेताहरू सुध्रिने उनको भनाइ थियो।आफूले नेताहरूलाई गाउँमा जाँदा चोर आएको भन्छन् भन्दा ठूला दलका नेताहरूले आक्रोश व्यक्त गरेको उनले बताए।

राम्रो कुरा गर्दा साथ दिनुको सट्टा आफूलाई कुटौंंला झैं गरेको उनले आरोप लगाए। देश विकासका लागि एमाले, कांग्रेस सबै सुध्रनुपर्ने आवश्यकता रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved