काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनका मतदातालाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चितवनका मतदातालाई धम्क्याएको प्रति आपत्ति जनाएका छन्।
चितवनमा पार्टीले गरेको चुनावी सभामा ओलीले जनतालाई धम्क्याउनेहरूले चिसै पानीले नुहाउने बताएका छन्। उनले भने, “केही हुनेबाला छैन।” प्रचण्डप्रति खनिएका उनले जनतालाई धम्कीमा नलाग्न र आफ्ना उम्मेदवार जिताउन आग्रह गरे।
“नेपाली कांग्रेसका यहाँका नेताहरूप्रति सहानुभूति ठानेका होलान्। प्रचण्डका छोरीलाई जिताउनुपर्ने। जिन्दगीभरि प्रचण्डका छोरीलाई जिताउनुपर्ने। फेरि प्रचण्डलाई जितायो भने उहाँ खुशी हुनुहुन्छ रे, कांग्रेसको हालत २० वर्षसम्म छोरी बोक, ज्वाईं बोक। बोक्न तयार भएन भने नत्र…”
निर्वाचन आयोगको अभिव्यक्ति पनि उनले गुनासो गरे। सिर्जना सिंहलाई भोट माग्दा प्रचण्डलाई किन कारबाही नगरेको भन्दै उनले निर्वाचन आयोगलाई प्रश्न गरे। भयरहित वातावरणमा भोट हाल्नुपर्ने भन्दै उनले धम्क्याउन नपाउने बताए। भने, साना दल भए निर्वाचन आयोगले कारबाही गर्छ।”
उनले सोधे, “चुच्चे नक्सा कसले बनायो भनिरहन पर्छ ? कांग्रेसका कार्यकर्ताले कहाँ पीर बिसाउने, छाती समातेर बसेका होलान्। कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन। मैले केही भन्नुपर्छजस्तो लाग्दैन।”
सभामा उनले गरेको सम्बोधनको अंश
यो निर्वाचनका लागि मैले धेरै कुरा गर्नुपर्ने छैन। म छोटो बोलेर केही फरक पर्दैन तपाईंहरुले धेरै कुरा बुझ्नु भएको छ। केही दिनअघि मात्रै यहाँ गठबन्धनका नेताहरुले केही बोलेर गइसकेका छन्। चितवनको जनताले मेरो छोरीलाई भोट हालेनन् भने दुर्घटना हुन्छ।
रुखवालाले मेरी छोरीलाई भोट नदिए म। जनतालाई धम्काउने बानी अहिलेसम्म गएको रैनछ। जनताले बुझिसकेका छन् धम्कीको केही अर्थ छैन। कसैले धम्काएर कुनै दुर्घटना हुँदैन। दुर्घटना होइन घटना हुन्छ गठबन्धनले नराम्रोसँग हार्छ।
धम्काउने र तर्साउनेलाई भोट नदिनुहोस्। धम्काएर केही हुँदैन पछि चिसै पानीले नुहाउँछन्। एमालेका कार्यकता उत्साहित छन्। म नेपाली कांग्रेसका जिल्ला नेताहरुप्रति सहानुभूति राख्न चाहन्छु। जिन्दगीभरि कांग्रेस भनेर हिँडेकाले दाहालकी छोरीलाई भोट हाल्नुपर्ने। फेरि पनि उहाँको छोरीले जिते भने २० वर्ष गठबन्धन राख्नेर। यसरी छोरीलाई २० वर्ष कांग्रेसका कार्यकताले बोक्नुपर्नेछ।
निर्वाचन आयोगले आफ्नो बाहेक अरुको झण्डा बोक्नु पाइँदैन भनेको छ गठबन्धनका नेतालाई किन कार्वाही नगरेको। रेनु यादवलाई पार्टीका नेताले भोट माग्न हुने पार्टीका नेतालाई धम्काउने? धम्काएका भरमा भोटमाग्न पाइन्छ? निर्वाचन आयोगले गठबन्धन बाहेकका लागि कार्वाही गर्न बेर लागाउँदैन।
चितवन आएर मैले वृद्धभत्ता दिने पार्टी एमाले हो भन्नु पर्दैन। हुलाकी राजमार्ग बनाउने एमाले हो। राम जन्मभूमि यही भूमि हो भनेर ऐतिहासिकता उजागर गर्ने पार्टी एमाले हो। चुच्चे नक्सा सार्वजनिक गर्ने पार्टी एमाले हो।
प्रकाश सपुतको गीत जस्तै कांग्रेसका कार्यकताले कहाँ पीर बिसाउने? कांग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदै छन् कार्यकताले के हेरेर बसेका छन्। कुनै पनि पार्टी गठबन्धनवालाहरूले विराटनगर,काठमाडौंमा बोलेको सुन्नुभयो होला, एमालेसँग लड्न सकिँदैन, त्यसैले गठबन्धन आवश्यक रहेको बताउनुभयो। पार्टी मन नपरे पनि कांग्रेसलाई भोट हाल्न आग्रह गरेका छन्। मन नपरेको पार्टी होइन देश विकासको अभियानमा लागेको पार्टीलाई भोट हाल्नुहोस्। कार्यकता मिल्न आउनुहोस्। देश बनाउने सवाल छ, देश बिग्रिन दिनुहुँदैन।
हामी देश बनाउँछौँ।
बहुदलीय व्यवस्था आएपछि ३२ वर्षमा २० वर्ष सरकारको नेतृत्व गर्यो देउवाले पाँच पटक प्रधानमन्त्री हुनुभयो। त्यस गठबन्धनका अर्का नेता दुई वर्ष नेता हुनुभयो, अर्को नेता, विभिन्न पदमा भएका २१ महीना प्रधानमन्त्री भयो। उहाँहरुले सरकरको नेतृत्व गर्दा के काम गर्नुभयो सोध्नुहोस्। म प्रधानमन्त्री देउवालाई एउटा नयाँ काम के गर्यो प्रश्न गर्नुहोस्। एमाले प्रधानमन्त्रीमा गयो कि नाकाबन्दीको सामना गर्छ, उत्तरतिरबाट पारवाहन सम्झौता गर्छ।
Facebook Comment
Comment