एमालेले जितेको सन्देश चितवनका जनताले दिइसके : देवी ज्ञवाली

नेपालभ्युज

एमालेले जितेको सन्देश चितवनका जनताले दिइसके : देवी ज्ञवाली

चितवन । नेकपा एमालेका नेता तथा गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाका उम्मेदवार देवी ज्ञवालीले नेपाली जनताको चाहनालाई मूर्त रूप दिनसक्ने पार्टी एमाले मात्र भएको बताएका छन्।

आफ्नो गृहनगर भरतपुरको क्याम्पाचौरमा नेकपा एमालेले गरेको चुनावी सभामा नेता ज्ञवालीले राष्ट्रको रक्षा र हितका लागि यस पटक नेपाली जनताले एमालेलाई मतदान गर्नुपर्ने ज्ञवालीले बताए।

चितवनका सबै नगरपालिका र एक गाउँपालिकामा हुँदै गरेको स्थानीय तहको निर्वाचन एमालेले जितेको सन्देश चितवनका जनताले दिइसकेको समेत ज्ञवालीले दाबी गरेका छन्।

भरतपुरमा आयोजना भएको पार्टीको चुनावीसभाको सभापतित्व समेत गरेका ज्ञवालीले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा पार्टीले विजयी हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved