राष्ट्र कल्याण र विश्व शान्तिका लागि पशुपतिमा गोरक्ष महायज्ञ शुरु

महायज्ञमा हिन्दू, बौद्ध, जैन र शिख धर्मका गुरुलाई समेत बोलाइएको आयोजक समितिले जनाएको छ। ओमकार परिवारका यी चारै धार्मिक विधिअनुसार महायज्ञमा पूजा, आराधना र हवनसमेत गरिने छ।

नेपालभ्युज

राष्ट्र कल्याण र विश्व शान्तिका लागि पशुपतिमा गोरक्ष महायज्ञ शुरु

काठमाडौं। विश्व शान्ति र राष्ट्र कल्याणको सङ्कल्पले वैशाख शुक्रबारदेखि गोरक्ष महायज्ञ २०७९ शुरु भएको छ। २ जेठसम्म आयोजना गरिने ११ दिने कार्यक्रम वैदिक तथा तान्त्रिक विधिले सञ्चालन गरिने छ। ११ दिनसम्मका लागि पशुपति क्षेत्रको मृगस्थलीमा महायज्ञ शुरु भएको हो।

एक हजार ७७३ वर्षअघि राजा नरेन्द्रदेवको पालामा मृगस्थलीमै यो महायज्ञ आयोजना गरिएको इतिहास रहेको महायज्ञ आयोजक मूल समारोह समितिका उपसंयोजक केदारमान भण्डारीले बताए।

त्यसबेला गोरखनाथले सबै नागलाई आसन बनाई राखेर महायज्ञ गर्दा कीरा फट्याङ्ग्रा बढेर रोगको महामारी फैलिएको थियो।

गोरखनाथलाई आसनबाट उठाउन कामरुप कामाख्यबाट मच्छेन्द्रनाथलाई ल्याएर नागलाई मुक्त गराएपछि कीटाणुले फैलाएको प्रदूषण कम भई महामारी हटेर शान्ति स्थापना भएको विभिन्न ऐतिहासिक एवं धार्मिक पुस्तकमा उल्लेख गरिएको छ।

महायज्ञका लागि कामरुप कामाख्यबाट १० महाविद्यामा सिद्धिप्राप्त गुरु डा दिवाकर शर्मालाई ल्याइएको छ। उनको नेतृत्वमा ५१ वैदिक र तान्त्रिक गुरुहरू सहभागी भएर महायज्ञ शुरु भएको आयोजक समितिका उपसंयोजक भण्डारीले सुनाए। महायज्ञमा देशभरका नाथ सम्प्रदायका मठाधीश, गुरु र भक्तजनलाई पनि आमन्त्रण गरिएको छ।

महायज्ञमा हिन्दू, बौद्ध, जैन र शिख धर्मका गुरुलाई समेत बोलाइएको आयोजक समितिले जनाएको छ। ओमकार परिवारका यी चारै धार्मिक विधिअनुसार महायज्ञमा पूजा, आराधना र हवनसमेत गरिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved