अफताव आलमलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपालभ्युज

अफताव आलमलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं। रौतहट बमकाण्ड र नरसंहारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेस नेता मोहम्मद अफताव आलमलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले जिल्ला र उच्च अदालतको आदेश सदर गरेको हो। अब आलम मुद्दा टुंगो नलागेसम्म थुनामै रहनुपर्ने भएको हो। आलमले जिल्ला र उच्च अदालतको आदेश बदर गरिपाऊँ भनी एक वर्षअघि सर्वोच्चमा निवेदन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved